Local Uncategorized

करको बिरोधमा बुटवलमा काग्रेस सडक आन्दोलनमा, तत्काल कर बृद्धि फिर्ता नलिए शशक्त भएर अघि बढ्ने

nepali kangress
Written by tinaufm

१ भदौ, बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगर समिति आन्दोलनमा उत्रिएको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशत सम्म गरेको करबृद्धिको बिरुद्धमा आज कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गर्दै करबृद्धि फिर्ताको माग गरेको हो ।

अस्पताललाइनबाट सयौको संख्यामा शुरु भएको नाराबाजी सहितको बिरोध र्याली नगर परिक्रमा गर्दै बुटवल उपमहानगरपालिकाको कार्यालयमा पुगेर गरेको थियो । कार्यँलयको मूल गेटमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच केहिबेर धकेलाधकेल समेत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्बाचित जनप्रतिनिधिले जनताको ढाड सेक्ने गरि गरेको कर बृद्धि बुटवलका जनताले नरुचाएको बताए ।

उनले करबृद्धि गर्ने परे गत साल भन्दा १० देखि १५ प्रतिशत मात्रै गर्नुपर्ने बताए । बिगतमा १० हजार कर तिर्नेले अहिले ३५ हजार कर तिर्नु परेको भन्दै पार्टी कार्यालयमा कर बढेका प्रमाण सहितका गुनासा आएको उनले बताए ।

सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

पाण्डेले भने—‘बढेको कर फिर्ता नलिए सम्म आन्दोलन रोकिदैन हुदैन ,हामी झन् शशक्त भएर अघि बढ्छौं ।’ उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठले निर्बाचित जनप्रतिनिधिहरु करबृद्धि गर्न जनतालो नजिताएको बताए ।

‘जनप्रतिनिधिले धेरै सेवा सुबिधा लिनका लागि कर बृद्धि गरेका छन् ,धेरै सुबिधा चाहिए लोकसेवा पढेर कर्मचारी भएर आउ’ उनले भने ।

हाटबजारमा मकै पोल्ने संग पनि कर लिइएको भन्दै उनले जनताको सेवक बन्न जनप्रतिनिधिलाइ आग्रह गरे ।

अव्यवस्थित बसोवास गर्नेहरुलाई लालपुर्जा बितरण गर्न लागे जस्तो गरेर कर लिन लागेको भन्दै त्यस प्रति पनि कांग्रेसले आपत्ति जनाएको छ ।

कोणसभामा कांग्रेस उपमहानगर सचिब ज्योति भण्डारी,  प्रतिनिधिसभाका उम्मेदबार युवराज गिरी ,प्रदेशसभाका उम्मेबार काजिमान श्रेष्ठ लगायतले करबृद्धि फिर्ता लिन आग्रह गरे ।

सोहि क्रममा कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीलाइ ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै सुबेदीले बाहिर हल्ला आए जस्तो करबृद्धि नगरिएको दाबि गरे । उनले सबैको सल्लाह र सुझाब सहित आफु अघि बढ्ने आश्वासन दिएका थिए ।

बुटवल कांग्रेसले उपमहानगरपालिकाले गर्ने काम हेरेर गुण र दोषको आधारमा स्वागत, समर्थन, सहयोग र बिरोधको नीति सहित एक वर्ष सम्म कुनै बिरोध गरेको थिएन ।

About the author

tinaufm

Leave a Comment