National

आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट भाषण भाषण

1
Written by tinaufm

 १५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ अर्ब १५ अर्ब १४ कराेडको बजेट भाषण गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदमा सो आकारको बजेट पेश गरेका हुन् ।

सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ।

अर्थमन्त्रीले चालू आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँ बढाएर बजेट ल्याएका हुन् । चालू आर्थिक वर्षको बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँको थियो ।

प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।
बजेटमा सरकारले आगामी आर्थिक वर्षमा ५ लाख व्यक्ति रोजगारीमा आबद्ध हुने पनि विश्वास व्यक्त गरेको छ।  यस्तै  सरकारले मुद्रास्फिति ५ दशमल ६ प्रतिशतमा सीमित रहने विश्वास लिएकाे छ भने आर्थिक बृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने पनि विश्वास लिएको छ ।

प्रस्तुत बजेट कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको छ ।

अर्थमन्त्री डा.खतिवडाका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट रु ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुनेछ ।

बजेटमा देखिएको न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट रु दुई खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद रु एक खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उनले जानकारी दिए ।

 

About the author

tinaufm

Leave a Comment