Local National

आफ्नो स्थानीय तह आफै विकास गरौं ः गर्भनर नेपाल

23666515_1463715333745261_765264743_n
Written by tinaufm

23666515_1463715333745261_765264743_n

ललित पाण्डेय
रुपन्देही , २९ कार्तिक

नेपाल राष्ट्र बैंकका गर्भनर चिरनजिवी नेपालले अहिलेको स्थानीय तह नगरपालिका ,गाउँपालिकाले केन्द्रको मुख नताकी आफ्नो क्षेत्रको आफै विकास गर्नु पर्ने बताएका छन् । नँया नगरपालिका , उपमाहानगरपालिकाले अन्र्तराष्ट्रिय स्तरको मापदण्ड बनाएर जनतालाई सुख सुबिधान दिनु पर्ने र अहिलेको राज्यको संरचना अनुसार आफ्नो ठाँउको आफै विकास गरिनु पर्ने उनले ठोकुवा गरेका छन् । सैनामैना उद्योग वाणिज्य संघले आायोजना गरेको दोश्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक ब्यपार महोत्सवको बुधबार उद्घाटन गर्दै नेपालले स्थानीय तहको विकासको लागि २ सय २५ अरब सरकारबाट गईसकेको बताएका छन् । देश संघियाताका संरचनामा गैसकाले स्थानीय स्तरमा भएका श्रोत र साधानहरुको परिचालन गरि आर्थिक स्थिती मजबुद बताउनु पर्ने उनले बताएका छन् । नेपालले भने –स्थानीय तहमा बढि भएको पैसा बल्ल केन्द्र सरकारलाई दिने हो त्यो विकट क्षेत्रको विकासमा लाग्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– अब पनि केन्द्रबाट पैसा आउछ भनेर मुख ताक्नुको कुनै अर्थ छैन् । सैनामैना नगरपालिकालाई पनि कृषि , उद्योग , आवास छुट्टाएर अन्र्तराष्ट्रिय मापदण्ड अनुसार विकास गर्नु पर्ने भनाई राखे ।
सैनामैनामा रहेको पर्रोहा माविको खेलमैदानमा कार्तिक २९ गतेदेखि मंसिर १० गते सम्म सञ्चालन हुने दोश्रो महोत्सवको उद्घाटन गर्दै गर्भनर नेपालले नेपाल सम्भावना नै सम्भावना भएको देश हो तर विदैशीक रोजगारले गर्दा देश परनिर्भर बनको ठोकुवा समेत गरे । कार्यक्रमको प्रमुख अथिति समेत रहेका नेपालले नेपालमा प्रसस्त मात्रामा कृषिमा सम्भावना रहे पनि अल्छीपनले गर्दा जमिन बाझा बन्दै गएको बताए । भारतले गरेको नाका बन्दीको स्मरण गराउदै उनले भने–हामी कति परनिर्भरि रहेछौ्र । यहि उत्पादन हुने तरकारी पनि भारतबाट अरबौंको मगाएका छौ उनले भने । नेपालले बैंकहरुको सक्दो सदुपयोग गरेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिए । उनकै भाषामा – बंैकहरु घर घरमा आएका छन् , कर्जा उपलब्ध गराउछु , लगानी गरेर ब्यवासयी बन भन्दा पनि बैदेशीक रोजागरिमा खाँडी ताक्नु दुर्भाग्य रहेको बताए ।
त्यस्तै महोत्सवमा विशिष्ट अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनानीले काम गर्ने हातहरु विदेशमा रहेकोले देश परनिर्भर भएको उनले बताएका छन् । देशमा स्थानीय तहको निर्वाचन सँगै अब हुने प्रादेशीक , प्रतिनिधि सभाको निर्वाचन पछि देशमा स्थिर सरकार बन्ने भएकाले मुलकको आर्थिक स्थिती बृद्धि हुदै लगानी वातावरण बन्ने दाबी गरे । राष्ट्रिय महोत्सव भने पनि विदेशी समानहरु प्रर्दशन हुँदा विदेशमा पैसा जाने भएकाले महोत्सवको कुनै अर्थ नरहने मैनानीले बताएका छन् । त्यसको लागि स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादन भएका बस्तुहरुलाई प्राथमिकता दिनु पर्ने उनले बताए । त्यस्तै कार्यक्रममा नेपाल उद्योग माहासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले रुपन्देही जिल्लमा नीजि क्षेत्रको लगानी भित्रिएकाले यस क्षेत्र आर्थिक केन्द्रको रुपमा विकास भएको दाबी गरे । मेला महोत्सवले उद्योगी ब्यवासयीलाई चलाय मान राख्ने बताए । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीको अध्यक्षतामा भएको महोत्सव ११ दिन सम्म सञ्चालन हुने छ । सैनामैना क्षेत्रमा रहेका धार्मिक , ऐतिहासिक स्थल , पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा समेत महोत्सवले भुमिका खेल्ने अध्यक्ष क्षेत्रीले बताएका छन् । महोत्सवको उद्घाटन सत्रमा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की , उप–मेयर बिना रानाले बोल्दै सैनामैनाको पहिचानमा मेलाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै चर्चा समेत गरे ।

About the author

tinaufm

Leave a Comment