National

आज १५ औ राष्टिय धान दिवस प्रदेश ५ सरकारले यसरी मनायो

1
Written by tinaufm

१५ असार, बुटवल । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा आज रुपन्देहीको सैनामैना नगरपालिकाको बासगढीमा १५ औ राष्टिय धान दिवस मनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसदहरु विष्णु पन्थी, भूमिश्वर ढकाल,दधिराम न्यौपाने, थानकुमारी थापा लगायतले स्थानीय महिला रोपाहारसंगै धान रोपेर रोपाईं महोत्सव उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई मानेर प्राथमिकताका साथ वजेट विनियोजन गरेको बताए ।

वजेटमा कृषि क्षेत्रलाई ९० करोड विनियोजन गरेको उल्लेख गर्दै उनले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बांझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानुन बनाइने बताए ।

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रिकरण,व्यवसायिकरण र आधुनिकरणमा प्रदेश सरकारले जोड दिएको बताइन् ।

साना किसान सहकारी संस्था सैनामैनाको सहजिकरणमा भएको रोपाईं महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की,उपप्रमुख बिना रानामगरसहित पांच सय बढी महिला रोपाहार धान रोपाईंमा सहभागी भएका थिए ।

2

मुलुककै दोस्रो धेरै धान उत्पादन हुने प्रदेश ५ मा जम्मा १८ प्रतिशत धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान उत्पादन हुने बर्दिया र रुपन्देहीमा २० प्रतिशतको हाराहारीमा रोपाइँ भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मनसुन छिट्टै सुरु हुने अनुमान गरिएपनि असारमध्यसम्म खेतमा पानीको अभाव छ । प्रदेश ५ मा ३ लाख ३० हजार चार सय २६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो मुलुककै धान खेती हुने जमिनको २१ प्रतिशत हो । तर धान खेती हुने जमिनको जम्मा ४३ प्रतिशत क्षेत्रफलमा मात्रै सिचाई हुने गरेको छ ।

प्रदेश ५ मा धान उत्पादकत्व क्षमता प्रतिहेक्टर तीन दशमलव ८७ प्रतिशत छ । गएको वर्ष प्रदेशका १२ जिल्लामा १२ लाख ७४ हजार मेक्ट्रिक्टन धान उत्पादन भएको थियो ।

3

About the author

tinaufm

Leave a Comment