Local

अस्पतालभित्र बन्धक बनाईएका सुरजको उद्दार

123-7
Written by tinaufm

शिव डुम्रे ,
१५ भाद्र ,बुटवल । आफ्नो उपचार खर्च तिर्न नसक्दा १५ महिनादेखी अस्पतालभित्र बन्धक जस्तै भई बसेका नवलपरासी प्रतापपुर गाउँपालिका १, गोपीगन्जदेखी एक किलोमिटर भित्र भिट्टाका २३ बर्षिय सुरज वि क लाई अस्पताल देखी उद्दार गरिएको छ ।

२०७४ जेष्ठ १४ गते देखी हालसम्म बुटवल स्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि को १५ नं कोठामा रहेका उनको साथीको बाईक चलाउँदा दुर्घटना भएर चार ठाउँबाट खुट्टा भाचिँएका सुरजको उपचारको लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उनी ९ महिना देखी अस्पतालमा विना उपचार बसिरेका थिए । झण्डै १५ महिना देखीको अस्पतालको विल झण्डै १२ लाख भन्दा माथि भए पछि परिवारले उक्त विल तिर्न नसक्दा उनी अस्पतालभित्रै बन्धक जस्तै बनेका थिए ।
हिजो केही मिडियामा यस सम्बन्धि समाचार प्रकाशन तथा प्रसारण भए पश्चात अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उनको उद्दार भएको हो । ईलाका प्रशासन कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय बुटवल, वडा नं  ८ का प्रतिनिधीहरु, विभिन्न मिडियाका पत्रकारहरु तथा अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुट बाहेक बाकी रकम पुष मसान्त भित्र विभिन्न संघ संस्था मार्फत जम्मा गरेर बुझाउने सहित ७ बुँदे सहमति भई आज उनको उद्दार गरिएको हो ।

सहमतिाम अस्पताले २५ प्रतिशत रकम छुट गर्ने , फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुष मसान्त सम्ममा भुक्तानी गर्ने, विभिन्न संघ संस्थाहरुबाट सहयोग संकलन गर्ने , विरामी सुरज वि कलाई उनको बुवा भगवती वि क  र दाजु दिपक वि कको रोहबरमा दिने लगायतका सहमतिहरु भएको छ ।
सहमति पत्रमा ईलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धुव्र प्रसाद नेपाल , ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल ब मल्ल बुटवल उ म न पा वाड नं ८ का अध्यक्ष भिम ब श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य प्रकाश डुम्रे,  गर्जन पोष्ट साप्ताहिकका सहसम्पादक शिव डुम्रे, न्युज २४ का पत्रकार कृष्ण पाण्डे, अन्नपूर्ण पोष्टका पत्रकार लक्ष्मण पोख्रेल, लियो क्लब अफ बुटवलको तर्फबाट गोविन्द बस्नेत र अस्पताल प्रशासनको तर्फबाट अस्पताल प्रशासन प्रमुख डा शारदा सिहं लगायतले हस्ताक्षर गरेका छन् ।  अस्पतालको छुटबाहेकको रकम विभिन्न संघ संस्थाहरु मार्फत सहयोग संकलन गर्ने गरी विरामीलाई उद्दार गरिएको हो । विरामीको उद्दारको अपिल गर्दै हिजो न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा समेत सो समाचार प्रशारण भएको थियो ।

About the author

tinaufm

Leave a Comment