National

‘अर्को जुनीमा यस्ता नेतासंग भेट नहोस्’ : चन्द्र भण्डारी

chandra-copy
Written by tinaufm

९ कार्तिक, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालका हरेक पार्टीमा नंया ओपन ब्रेनको आबश्यकता रहेको बताएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने–‘अव परिवार केन्द्रीत राजनीतक आवश्यक छैन,जसले नेपाल बन्न सक्दैन ,त्यसकारण अवको नेतृत्व नया युवा पिडीको हो ।’ कार्ल माक्सले भनेको स्मरण गर्दे भण्डारीले समाजमा धेरै राजनीतिकरण भएमा नया मान्छे ल्याउनुपर्छ भने झै अव नेपालको राजनीतिमा अव नयँ ओपेन ब्रेन ल्याउनुपर्दछ ।

देश लुट्नेको पक्षमा अवको राजनीति आवश्यक नभएको भन्दै उनले अहिलेको अवस्था आउनको लागि हजारौ संख्यामा जनताले बलिदानी दिएको र दलहरुले त्यसको अवमुल्यन गरेको उनको ठहर छ ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले नेपाली कांग्रेसभित्र गुट उपगुटको कारण समस्या आएको उनको भनाई छ । उनले भने—‘नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अबस्थामा पुगेको हो,आसेपासे र चम्चाहरुका कारण पार्टी कमजोर बनेको हो ।’

‘प्रतिपक्षको दलको नेता शशक्त नभएको कारण नै समस्या भैरहेको छ,संसदमा २ घण्टा लगातार बोल्न सके केपि ओली कहा“ पुगिसक्थें ?।’
अर्को जुनीमा यस्ता नेतासंग भेट नहोस् भनेर आफुले दशैंमा सिमान्कृत बस्तीमा पुगेर प्राथना गर्दै टिका लगाएको बताए ।

दशैंमा २ वटा २ कुरा सिकेको भन्दै उनले सिमान्तकृत बर्ग,पिछडिएको बर्गभित्र बाहुन क्षेत्री पनि निकै रहको बताए । अब समाजलाइ जातिय आधरले होइन बर्गिय आधारले अघि बढाउन आबश्यक भण्डारीको भनाइ छ ।

राष्ट्रपतिको टिका प्रकरणको बारेमा सोधिएको प्रश्नको जवाफ दिदैं उनले राजाको संस्कार र असभ्य परिपाटी दोहोरिएकोमा उनले दुख ब्यक्त गरे । अहिलेको सरकार सामाजिक,आर्थिक,राजनीतिक रुपमा कमजोर र असफल भएको बताए । सरकार पछिल्लो समयमा भष्ट्राचारमा डुबेको उनको दाबि छ ।

निर्मला हत्या काण्ड,वाईट वडी बिमान र सुन कान्ड लगायतका विषयमा सरकार निकै ढिलाइ भएको र एसपि र इन्सपेक्टरलाइ धेरै पहिला नै कारवाही नगरेकोमा उनले आक्रोश ब्यक्त गरे । महंगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको भन्दै उनले जनताले कर तिरेको महसुस गर्ने गरी कार्य अगाडी बढाउन सरकारले नसकेको उनको भनाइ छ ।

मुख्यमन्त्री शहर केन्द्रीत भएको भदै उनले अव मुख्य मन्त्रीहरु गाउ गांउमा जानुको विकल्प नभएको बताए ।‘अव टोपी ढल्काएर बस्नुपर्ने अवस्था होईन, देशमा विकास गर्ने बेला आएको छ ।’ उनले विगतका दिनमा प्रधानमन्त्री केपि ओलीले पानी जहाज,घर घरमा ग्यासको कुरा गरेकोमा अहिले आएर घर घर मा विद्युतीय चुलाको कुरा गर्नु जायज नभएको उनको तर्क थियो । उनी भन्छन् — ’सपना देख्नु राम्रो हो,तर जथाभाबि कुरा गरेर समय बिताउने समय यो होइन ।’


राष्टपतिको टिका प्रकरणको विषयमा राजाको सस्कार र असभ्या परिपाटी भएकाहरुको कारण अहिलेको अवस्था आएको बताए ।
नेपाली काग्रेस भित्र गुट उपगुटको कारण समस्या आएको उनको भनाई छ । प्रतिपक्षको दलको नेता शशक्त नभएको कारण नै समस्या आएको उनको भनाई थियो । अर्को जुनीमा यस्ता नेतासंग भेट नहोस भनेर आफुले दशैंमा टिका लगाएको नेता भण्डारीको भनाई रहेको थियो ।
बिगतमा आफुले अखण्ड लुम्बिनीको पक्षमा आन्दोलनको नेतृत्व गरेकाले प्रदेश ५ जोगिएको स्मरण गरे । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले नै जनताको अनुकुलता हेरेर प्रदेशको राजधानी तोक्नुपर्ने उनको धारणा छ ।

प्रदेश ५ का जिल्लामा पहाड र तराइ छुट्टाउने प्रयासका लागि तत्कालिन कांग्रेस सभापति शुसिल कोईराला र तत्कालिन एमाले अध्यक्ष केपि ओली,प्रचण्ड लगायतले पनि हस्ताक्षर गरेको भन्दै देश विखण्डन गर्नबाट जोगाउनको लागि आफुले धेरै कसरत गरेको बताए ।
रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।

About the author

tinaufm

Leave a Comment